Ipo.aspx merolagani - लक्ष्मी म्युचुअल फण्ड र सनराईज म्युचुअल फण्ड अन्तर्गतका म्युचुअल फण्डहरुको लाभांश घोषणा

लक्ष्मी म्युचुअल फण्ड र सनराईज म्युचुअल फण्ड अन्तर्गतका म्युचुअल फण्डहरुको लाभांश घोषणा

Aug 06, 2025 11:01 AM Merolagani

लक्ष्मी सनराईज क्यापिटलको व्यवस्थापनामा सनराईज म्युचुअल फण्ड र लक्ष्मी म्युचुअल फण्ड अन्तगर्त सञ्चालित म्युचुअल फण्डहरुले नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

लक्ष्मी म्युचुअल फण्ड अन्तगर्त सञ्चालित लक्ष्मी उन्नती कोष (LUK) ले २० प्रतिशत तथा सनराईज म्युचुअल फण्ड अन्तगर्त सञ्चालित सनराईज फर्स्ट म्युचुअल फण्ड (SFMF) ले १४ प्रतिशत र सनराईज फोकस्ड ईक्विटी फण्ड (SFEF) ले १३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे।

साउन २० गते सम्पन्न याेजना व्यवस्थापक लक्ष्मी सनराईज क्यापिटलकाे सञ्चालक समितिकाे बैठकले साे दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

 

 

comments powered by Disqus

बिक्री आम्दानी बढेपछि हिमालयन डिष्टिलरीको नाफा उल्लेख्य बढ्यो, ईपीएस कति?

Aug 14, 2025 07:08 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।