Ipo.aspx merolagani - सिटिजन्स क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा, बुकक्लोज कहिले?

सिटिजन्स क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा, बुकक्लोज कहिले?

Aug 18, 2025 08:37 AM Merolagani

सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन्।

क्यापिटलको सञ्चालक समिति बैठकले सिटिजन्स म्युचुअल फण्ड २ (CMF2) र सिटिजन्स सुपर ३० म्युचुअल फण्डको लाभांश घोषणा गरेको हो।

जसमध्ये सिटिजन्स म्युचुअल फन्ड २ का इकाइधनीहरुलाई गत वर्षको नाफाबाट करसहित ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३० (C30MF) का इकाइधनीहरुलाई करसहित १२.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे।

त्यसैगरी, लाभांश वितरण प्रयोजनका लागि २ वटै फण्डले भदौ १३ गते बुक क्लोज गर्ने भएका छन्। यस अनुसार भदौ १२ गतेसम्म कायम इकाइधनीहरुले यी फण्डहरुले वितरण गर्ने नगद लाभांश प्राप्त गर्न सक्नेछन्।

 
comments powered by Disqus

बिक्री आम्दानी बढेपछि हिमालयन डिष्टिलरीको नाफा उल्लेख्य बढ्यो, ईपीएस कति?

Aug 14, 2025 07:08 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।