Ipo.aspx merolagani - ब्याज आम्दानीसँगै बढ्यो जनउत्थान सामुदायिक लघुवित्तको नाफा

ब्याज आम्दानीसँगै बढ्यो जनउत्थान सामुदायिक लघुवित्तको नाफा

Aug 13, 2025 12:39 PM Merolagani

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (JSLBB) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.६० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष लघुवित्तले १ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५६.७९ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ११.१९ प्रतिशत घटेको छ। लघुवित्तको कुल सञ्चालन आम्दानी ४१.७० प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा २ करोड ४२ लाख रुपैयाँ ऋणात्मकबाट बढेर १ करोड ६ लाख धनात्मक भएको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १ रुपैयाँ ४७ पैसा बढेर ८ रुपैयाँ ६१ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १३२.१६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ १० पैसा रहेको छ।

१७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ९ करोड ८९ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ अर्ब ९ करोड ६८ लाख रुपैयाँ सापटी र ९५ करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ८ करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।