Ipo.aspx merolagani - १० गुणाभन्दा बढी बढ्यो महुली लघुवित्तको नाफा, लाभांश क्षमता कति?

१० गुणाभन्दा बढी बढ्यो महुली लघुवित्तको नाफा, लाभांश क्षमता कति?

Aug 03, 2026 08:38 AM Merolagani

महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको नाफा, खुद ब्याज आम्दानी, लाभांश क्षमता र खराब कर्जा नियन्त्रणमा उत्साहजनक सुधार देखिएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १९ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको खुद नाफा (१ करोड ७० लाख रुपैयाँ) को तुलनामा १०३६.४६ प्रतिशत अर्थात १० गुणाभन्दा बढीको वृद्धि हो। लघुवित्तको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको ३५ करोड ५९ लाख रुपैयाँबाट बढेर गत आर्थिक वर्ष ४९ करोड ७४ लाख रुपैयाँ पुगेको छ।

खराब कर्जा बापतको प्रोभिजन घट्नु र आम्दानी बढ्नाले सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको २ करोड २३ लाख रुपैयाँबाट बढेर २७ करोड ६१ लाख रुपैयाँ पुगेको छ। लघुवित्तको वितरणयोग्य नाफामा पनि उल्लेख्य वृद्धि भएकाले लगानीकर्ताका लागि आकर्षक लाभांशको बाटो खुलेको छ। नियमनकारी समायोजनपश्चात् गत असार मसान्तसम्म लघुवित्तको वितरणयोग्य नाफा १६ करोड ५० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ४ करोड ७७ लाख रुपैयाँ मात्र थियो। लघुवित्तको चुक्ता पूँजीका आधारमा प्रतिशेयर वितरणयोग्य नाफा ४२ रुपैयाँ ५८ कायम भएको छ, जसले चालु वर्षमा कम्पनीको मजबुत लाभांश क्षमता दर्साउँछ।

अघिल्लो वर्षको असार मसान्तको तुलनामा लघुवित्तको व्यावसायिक आकार फराकिलो बनेको छ। लघुवित्तको चुक्ता पूँजी ३८ करोड ७४ लाख रुपैयाँ रहेको छ भने सञ्चित नाफा र जगेडा कोष गरी कुल कोष ४९ करोड ५६ लाख रुपैयाँ पुगेको छ। सदस्यहरूबाट सङ्कलित निक्षेप तथा सापटी ३ अर्ब ७४ करोड रुपैयाँबाट बढेर ५ अर्ब ५० करोड रुपैयाँ पुगेको छ भने ग्राहकहरूलाई प्रवाह गरिएको कर्जा ५ अर्ब ११ करोड रुपैयाँबाट बढेर ६ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।

लघुवित्तको कुल सम्पत्ति ५ अर्ब ६९ करोड रुपैयाँबाट बढेर ६ अर्ब ६६ करोड रुपैयाँ कायम भएको छ। खुद नाफामा १० गुणाभन्दा बढीको फड्को, प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ८८ पैसा पुग्नु र खराब कर्जा १२.१६ प्रतिशतबाट घटेर ९.८० प्रतिशतमा झर्नुले लघुवित्तको व्यावसायिक दक्षता बढेको स्पष्ट पार्छ। ४२ रुपैयाँ ५८ पैसाको प्रतिशेयर लाभांश क्षमताले आगामी दिनमा शेयरधनीहरूलाई उत्कृष्ट प्रतिफल दिने सम्भावना निकै बलियो बनाएको छ।

comments powered by Disqus

साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।