Ipo.aspx merolagani - सुन र चाँदीको मूल्य बढ्याे

सुन र चाँदीको मूल्य बढ्याे

Aug 21, 2025 12:03 PM Merolagani

भदौ ५ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाला सुन प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, यस दिन चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । बिहीबार तोलाको दुई हजार २९० करोवार भएको छ । बुधबारको बजारमा दुई हजार २५५ रुपैयाँमा कारोबार भएको थियो छ ।

comments powered by Disqus