Ipo.aspx merolagani - सुनको मूल्य सामान्य घट्यो, चाँदी बढ्यो

सुनको मूल्य सामान्य घट्यो, चाँदी बढ्यो

Aug 13, 2025 10:57 AM Merolagani

साउन २८ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । यस दिन सुन प्रतितोला १०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेकाे छ । बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी दुई हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।

comments powered by Disqus

बिक्री आम्दानी बढेपछि हिमालयन डिष्टिलरीको नाफा उल्लेख्य बढ्यो, ईपीएस कति?

Aug 14, 2025 07:08 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।