Ipo.aspx merolagani - सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

Aug 17, 2025 10:49 AM Merolagani

भदौ १ गते, आईतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनमा सुनको मूल्य लगातार घटेको छ ।

यस दिन चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । आज आईतबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

 

comments powered by Disqus

वाणिज्य बैंकको लाभांश क्षमता ५ देखि ३८ प्रतिशतसम्म, दुई बैंकले लाभांश दिन नसक्ने

Aug 12, 2025 01:34 PM

वाणिज्य बैंकहरूमध्ये दश वटा बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। अहिलेसम्म प्रकाशित वित्तीय विवरणका आधारमा हेर्दा बैंकहरूको नाफामा सुधारसँगै अधिकांश वित्तीय सूचक पनि राम्रो देखिएको छ। बैंकहरूको लाभांश वितरण क्षमता ५ देखि ३८ प्रतिशतसम्म देखिएको छ।