Ipo.aspx merolagani - ‘पर्ख र हेर’ को अवस्थामा मञ्जुश्री फाइनान्स, हेरौँ फाइनान्सको कम्पनी विश्लेषण

‘पर्ख र हेर’ को अवस्थामा मञ्जुश्री फाइनान्स, हेरौँ फाइनान्सको कम्पनी विश्लेषण

Aug 23, 2025 05:59 PM Merolagani

यस साता फाइनान्स उपसमूहको परिसूचक १.९० प्रतिशत घटेको छ। गत साता २५०१.९१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४७.५० अंक घटेर २४५४.४१ विन्दुमा झरेको छ।

सोही उपसमूहमध्येको एक कम्पनीको मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL)।

 

यस साता फाइनान्सको शेयरमूल्य ६ रुपैयाँ ८९ पैसा घटेको छ। गत साताको अन्तिम कारोबार दिन ६७७ रुपैयाँ ८८ पैसा रहेको यस फाइनान्सको अन्तिम मूल्य, यस साता ६७० रुपैयाँ ९९ पैसा कायम भएको छ।

 

‘पर्ख र हेर’ को अवस्था

फाइनान्सको शेयर हाल ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। आगामी दिनमा फाइनान्सको शेयरमूल्य उकालो लागेमा ७४५ देखि ७७० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यस्तै, ओरालो लागेमा भने ६२० देखि ६४५ को क्षेत्रमा टेवा पाउने देखिन्छ।

बिक्रीकर्ता हाबी

यस साता साप्ताहिक रुपमा फाइनान्सको शेयरमूल्यले छोटो टुप्पी र पुच्छर भएको रातो मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ। त्यस्तै, साताको अन्तिम कारोबार दिन पनि फाइनान्सको शेयरमूल्यले रातो मैनबत्ती नै बनाएको छ। जसले सो दिन पनि बजारमा बिक्रीकर्ता बलियो रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

यस साता फाइनान्सको दैनिक औषतमा २१ हजार ९३ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन फाइनान्सको २० दिने औषत भोल्यूम ८२ हजार ३१३ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ७४.३७ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

प्राविधिक विश्लेषणको अर्को उपकरण एमएसिडीमा यस साता फाइनान्सको शेयरमूल्यले बियरिश प्रवृत्तिमा रहेको छ। यस साता फाइनान्सको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ भने हिस्टोग्राम नकारात्मक क्षेत्रमा रहेको छ। यद्यपि, साताको अन्तिम कारोबार दिन हिस्टोग्रामको उचाई घट्दो क्रममा रहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

स्टकास्टिक आरएसआई अनुसार फाइनान्सको शेयरमूल्य अहिले न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा फाइनान्सको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

गत आर्थिक वर्ष फाइनान्सले ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणको तुलनामा १८.२७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार फाइनान्सले २६ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेसँगै फाइनान्सको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १५.६१ प्रतिशत बढेर ८७ करोड ३२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३.४३ प्रतिशत बढेर ५१ करोड ७९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा फाइनान्सको इम्पेरमेन्ट चार्थ ९ करोड ४० लाख रुपैयाँ रहेको छ।

चौथो त्रैमासको अन्त्यसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा ३५ करोड ४४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २६ रुपैयाँ २३ पैसा रहेको छ।

गत असार मसान्तसम्ममा १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोष भने १ अर्ब ९ करोड २७ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा फाइनान्सले २१ अर्ब ८७ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ९० करोड ९१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा फाइनान्सको प्रतिशेयर आम्दानी २३ रुपैयाँ २६ पैसा रहेको छ भने बुकभ्यालु १८० रुपैयाँ ८५ पैसा रहेको छ। साताको अन्तिम मूल्यका आधारमा फाइनान्सको मूल्य आम्दानी अनुपात २८.८५ गुणा र प्राइस टु बुकभ्यालु रेशियो ३.७१ गुणा रहेको छ।

आधारभूत अवस्था

हाल नेप्सेमा फाइनान्सको १ करोड ३५ लाख १५ हजार ५२८.४९ कित्ता शेयर सूचीकृत छ। गत बिहीबार फाइनान्सको अन्तिम मूल्य प्रतिकित्ता ६७० रुपैयाँ ९९ पैसा कायम भएको थियो। यस अनुसार फाइनान्सको कुल बजार पूँजीकरण ९ अर्ब ६ करोड ८७ लाख ८४ हजार ४६१ रुपैयाँ ५१ पैसा रहेको छ।

फाइनान्सको पछिल्लो १८० दिनको औषत मूल्य ६२२ रुपैयाँ ८१ पैसा रहेको छ। त्यस्तै, फाइनान्सको ५२ हप्ताको उच्च शेयरमूल्य ९०० रुपैयाँ रहेको छ भने न्यून मूल्य ५६० रुपैयाँ रहेको छ।

३३ नम्बर ब्रोकरबाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ३३ ले फाइनान्सको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता फाइनान्सको २० हजार ४६६ कित्ता खरिद गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर १०० ले १३ हजार ७६४ कित्ता शेयर खरिद गरेको छ। यस साता ब्रोकर नम्बर ८४ ले फाइनान्सको सबैभन्दा बढी ८ हजार ३८५ कित्ता शेयर बिक्री गरेको छ।

बढ्न थाल्यो मूल्य घट्ने डर

फियर एण्ड ग्रीड मिटरमा फाइनान्स अहिले न्यूट्रल जोनबाट फियर जोनतर्फ झरिरहेको छ। यसले बजारमा लगानीकर्ताहरुमाझ फाइनान्सको शेयरमूल्य घट्छ भन्ने डर विकास हुँदै गरेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

पूर्वअर्थमन्त्रीको मयुर नाचले सनसनी, प्रधानमन्त्री ओली समेत छक्क

Aug 22, 2025 03:11 PM

नृत्यकलामा समेत पारंगत रहेका पूर्वअर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले बिहीवार काठमाडाैंमा आयोजित एक कार्यक्रममा गरेको नृत्यले धेरैलाई मोहित पार्यो ।