Ipo.aspx merolagani - सुनको मूल्य सामान्य घट्यो, चाँदीको मूल्यमा भने नयाँ रेकर्ड

सुनको मूल्य सामान्य घट्यो, चाँदीको मूल्यमा भने नयाँ रेकर्ड

Aug 25, 2025 10:45 AM Merolagani

भदौ ९ गते, सोमबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो भने चाँदी हालसम्मकै ऐतिहासिक उचाइमा पुगेर नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । सोमबार चाँदी तोलाको दुई हजार ३५५ करोबार भइरहेको छ । आईतबारको बजारमा दुई हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्यले गत साउन ७ गते कायम मूल्य (प्रतितोला दुई हजार ३५० रुपैयाँ) लाई ब्रेक गरेर नयाँ उचाई बनाएको हो ।

comments powered by Disqus

पूर्वअर्थमन्त्रीको मयुर नाचले सनसनी, प्रधानमन्त्री ओली समेत छक्क

Aug 22, 2025 03:11 PM

नृत्यकलामा समेत पारंगत रहेका पूर्वअर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले बिहीवार काठमाडाैंमा आयोजित एक कार्यक्रममा गरेको नृत्यले धेरैलाई मोहित पार्यो ।