Ipo.aspx merolagani - यस कारण बन्दैछ सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड

यस कारण बन्दैछ सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड

Aug 30, 2025 06:25 AM Merolagani

यस साता सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ भने चाँदीको मूल्य पनि उच्च विन्दुमा कारोबार भएको छ।

यस साताको अन्तिम दिन अर्थात भदौ १३ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो। सो दिन सुन प्रतितोला २ लाख ६०० रुपैयाँमा कारोबार भएको थियो। यस अघि सुनको उच्च मूल्य १ लाख ९९ हजार ४०० रुपैयाँ थियो। अघिल्लो रेकर्डमूल्यको तुलनामा सो दिनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँ बढेको हो।

यस साताको पहिलो दिन अर्थात आइतबार प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन, अन्तिम दिनसम्म आइपुग्दा तोलामा ३ हजार १०० रुपैयाँ बढेको हो।

अमेरिकी बैंक फेडेरल रिजर्भको ब्याजदर घटाउने संकेत, अमेरिकी डलरसँग भारतिय रुपियाँ कमजोर रहनु, साथै चीन, भारत र टर्की लगायतका देशहरुले डलर सञ्चितिको सट्टामा सुन सञ्चिततिलाई जोड दिँदा सुन र चाँदीको भाउ नेपाली बजारमा उच्च रहन पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले बताएको छ।

यो साता चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। गत साउन १० गते तोलाको २ हजार ३६० रुपैयाँ पुगेर रेकर्ड बनाएको चाँदी, शुक्रबार पनि सोही मूल्यमा कारोेबार भएको थियो। आइतबारको तुलनामा भने शुक्रबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको हो।

 

comments powered by Disqus

माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

Aug 29, 2025 06:52 PM

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।