Ipo.aspx merolagani - सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड

सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड

Sep 09, 2025 11:22 AM Merolagani

भदौ २४ गते, मंगलबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिन घटेको सुन र चाँदीको दुबैको मूल्यले यस दिन नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो। अघिल्लो दिन अर्थात सोमबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन चाँदी तोलाको २ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन कायम चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो।

comments powered by Disqus

निफ्राले गर्यो नगद लाभांश घोषणा

Sep 05, 2025 10:17 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।