Ipo.aspx merolagani - सुनकाे मूल्य स्थिर, चाँदी भने घट्यो

सुनकाे मूल्य स्थिर, चाँदी भने घट्यो

Sep 10, 2025 11:29 AM Merolagani

भदौ २५ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । यस दिन सुन मंगलबारको बजारमा कायम मूल्यलाई आधार मानेर खरिदबिक्री हुने भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्यमा पुगेर स्थिर भएको हो। गत सोमबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी तोलाको २ हजार ५१५ रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हो।

 

comments powered by Disqus

निफ्राले गर्यो नगद लाभांश घोषणा

Sep 05, 2025 10:17 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।