Ipo.aspx merolagani - नेप्से बढ्यो, कारोबार रकम भने घट्यो

नेप्से बढ्यो, कारोबार रकम भने घट्यो

Oct 13, 2025 03:18 PM Merolagani

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

सोमबार नेप्से परिसूचक ४४.२५ अंक बढेर २५४७.६० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९७ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। सोमबार ६ अर्ब ७० करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३० स्टकको ४८ हजार ८३६ पटकको कारोबारमा ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार रुपैयाँबराबरको ९९ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन इमर्जिङ्ग नेपाल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ५.२६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोड ९१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने १० प्रतिशत केबिएल डिबेञ्चर २०९० को कारोबार रकम २४ करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ५.०१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब साढे ३ प्रतिशत बढेको छ भने जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

comments powered by Disqus