Ipo.aspx merolagani - शेयर बजार ओरालो लाग्दा यस्तो कहिल्यै गर्नु हुँदैन

शेयर बजार ओरालो लाग्दा यस्तो कहिल्यै गर्नु हुँदैन

Oct 24, 2025 06:30 AM Merolagani

जब शेयर बजार ओरालो लाग्छ, तपाईको पोर्टफोलियोको भ्यालु घट्छ। यसले तपाईलाई आफ्नो वित्तीय सल्लाहकारहरुसँग सोध्न बाध्य गराउँछ कि ‘अब म के गरुँ? शेयर बजारबाट आफ्नो पैसा निकालुँ?’ यो स्वभाविक हो तर गलत हो। त्यसको सट्टा तपाईले ‘मैले के गर्नु हुँदैन?’ भनेर सोध्नुपर्छ।

जवाफ सरल छः त्रसित नहुनुहोस्। घटेको बजारमा लगानीकर्ताले जनाउने पहिलो प्रतिक्रिया भनेको, प्यानिक सेल (त्रासित भइ बिक्री गर्ने)। जसले आफुले कडा परिश्रम गरी कमाएको पैसामा ठूलो गिरावट ल्याउँछ। आफ्नो जोखिम सहिष्णुता र मूल्य अस्थिरता (भोलाटाइलिटी) का कारण तपाईको पोर्टफोलियोमा कस्तो प्रभाव पर्छ भन्ने थाहा पाउन अति आवश्यक छ। विविधिकरणमार्फत लगानीकर्ताले आफ्नो पोर्टफोलियो हेज गरेर आफुलाई बजारको जोखिमबाट जोगाउन सक्छन्।

किन डराउनु हुँदैन?

लगानीले तपाईको रिटायरमेन्टलाई सुरक्षित राख्न, तपाईको बचतको उच्चतम प्रयोग गर्न र तपाईको सम्पत्तीलाई चक्रिय ब्याजदरमा बृद्धि गर्न मद्दत गर्दछ। तर पनि अधिकांश मानिसहरु किन शेयर बजारमा लगानी गर्न चाहँदैनन्? यसको प्रमुख कारण विभिन्न समयमा भएको वित्तीय संकटका कारण आत्मविश्वासमा आएको कमी र विगतका वर्षहरुमा देखिएको उतारचढाव। यद्यपि, एक अध्ययन अनुसार लगानी नगरेकाहरुमध्ये ५५ प्रतिशतले आफुसँग पर्याप्त पैसा नभएका कारण लगानी नगरेको बताएका छन्।

पक्कै पनि, यस्ता अध्ययनहरु बजार ‘बुल’ हुँदा गरियो कि ‘बियर’ हुँदा भन्ने कुरामा पनि भर पर्दछ। शेयर बजार, मन्दी या कुनै बाह्य ठूला घटनाका कारण घट्दछ। र यसले जोखिम सहिष्णुता र विविधिकरण जस्ता लगानीका सिद्धान्तहरुको परीक्षण गर्न सक्छ।

यदि तपाईको कारण अविश्वास हो भने, यो याद राख्नु महत्वपूर्ण छ कि बजार चक्रिय (साइक्लिक) छ र शेयरमूल्य घट्नु अपरिहार्य छ, तर गिरावट अस्थायी छ। जब शेयरमूल्य न्यूनतममा पुग्छ, त्यस्तो बेलामा प्यानिक सेल गर्नुभन्दा दीर्घकालिन सोच्नु बुद्धिमानी हुन्छ।

दीर्घकालिन लगानीकर्ताहरुलाई थाहा छ कि बजार र अर्थव्यवस्थामा अन्ततः सुधार हुन्छ र लगानीकर्ताहरु त्यो रिबाउन्ड (फर्काइ) को लागि तयार हुनुपर्छ। सन् २००८ को वित्तीय संकटको समयमा बजार तल झर्यो र लगानीकर्ताहरुले आफ्ना शेयरहरु धमाधम बिक्री गरे। यद्यपि, २००९ को मार्चमा बजार न्यूनतम विन्दुमा पुग्यो र अन्ततः आफ्नो पहिलोको स्तरभन्दा अझ माथिसम्म बढ्यो। प्यानिक सेलर्सहरुले सो वृद्धिलाई गुमाए जबकी दीर्घकालिन लगानीकर्ताहरु, जो पर्खिरहेका थिए, उनीहरुले विस्तारै ठीक हुँदै गए र केही वर्षमा नै उच्च प्रतिफल प्राप्त गर्न सफल भए। अर्को शब्दमा भन्दा, जब स्टकको मूल्य घट्न थाल्छ, त्यो कोशिस गर्ने समय होइन, बजारलाई समय दिन सक्नुपर्छ।
पैसाबाट अझ धेरै पैसा कमाउने अवसर गुमाउनुको सट्टा तपाईको पोर्टफोलियो विभिन्न परिणामहरुबाट जोगाउन ‘बियर मार्केट’ रणनीति अपनाउनुहोस्। यहाँ दुई चरणहरु दिइएको छ जसले तपाईलाई शेयर बजार ओरालो लाग्दा गल्ती नगर्न सुनिश्चित गर्दछ।

१) आफ्नो जोखिम सहिष्णुता बुझ्नुहोस्

बजारको गिरावटसँगै लगानीकर्ताले सायद आफ्नो पहिलो अनुभव सम्झन सक्छन्। कम्तीमा भन्नुपर्दा अनुभवहीन लगानीकर्ताको पोर्टफोलियोको भ्यालुमा तीव्र गिरावट आउन सक्छ। भविष्यका आघातहरुबाट बच्नका लागि वास्तवमै लगानी गर्नुभन्दा अघि स्टक मार्केट स्टीमुलेटर (भर्चुअल ट्रेडिङ्ग) हरुको अनुभव लिनुपर्छ। यस्ता स्टीमुलेटरहरुबाट तपाईले बजारको उचारचढावको अनुभव लिन सक्नुहुनेछ। त्यसपछि तपाईले आफ्नो जोखिम बहन गर्ने क्षमतासहित एक लगानीकर्ताको रुपमा स्थापित गर्न सक्नुहुनेछ।

तपाईको लगानी समयावधिले तपाईलाई जोखिम सहिष्णुता निर्धारण गर्न मद्दत गर्नेछ। यदि तपाई सेवानिवृत्त भइसक्नु भएको छ वा निवृत्त हुने उमेरमा हुनुहुन्छ भने तपाई आफ्नो बचतलाई सुरक्षित गर्न र निवृत्ति पछि आम्दानी गर्न चाहनुहुन्छ। फलस्वरुप, यस्ता व्यक्तिहरुले कम उतारचढाव हुने स्टक अथवा बण्डहरु आफ्नो पोर्टफोलियोमा समावेश गर्न सक्छन्। यद्यपि, अन्य लगानीकर्ताहरुले दीर्घकालिन विकासको लागि लगानी गर्न सक्छन्, किनकी उनीहरुसँग ‘बियर मार्केट’ का कारण हुने कुनै नोक्सानी पूर्ति गर्न पर्याप्त समय हुन्छ।

२) घाटाका लागि र घाटा सीमित गर्न तयार रहनुस्

स्पष्ट मानसिकताका साथ लगानी गर्न तपाईले शेयरबजारले कसरी काम गर्छ? भन्ने बुझ्नुपर्छ। यसले तपाईलाई अप्रत्याशित ‘डाउनटर्न’ को विश्लेषण गर्न र किनबेचको निर्णय गर्न अनुमति दिन्छ।

तर अन्त्यमा तपाई नराम्रो पक्षको लागि तयार हुनुपर्दछ र तपाईको घाटा विरुद्ध हेज गर्नका लागि ठोस रणनीति बनाउनुपर्दछ। आँखा चिम्लेर लगानी गर्नाले बजार क्र्यास भयो भने तपाईको धेरै रकम गुम्न सक्छ। घाटाबाट बच्न, लगानीकर्ताहरुले रणनीतिक रुपमा आफ्नो लगानी विस्तार गर्न र जोखिम कम गर्न अन्य क्षेत्रहरुमा पनि लगानी गर्नुपर्छ।

अवश्य पनि कम जोखिम हुने स्टकमा नाफा पनि कम नै हुन्छ। जोखिम कम गर्ने उपाय भनेको अन्य वित्तीय उपकरणमा लगानी गर्ने र रियल स्टेटजस्ता अन्य वैकल्पिक लगानीको खोजी गर्ने।

अन्तमा,

बजार ओरालो लाग्दा के गर्ने भन्ने थाहा पाउनु अति महत्वपूर्ण छ किनभने मार्केट क्र्यास मानसिक र वित्तीय रुपमा भयावह हुन्छ, विशेष गरी अनुभवहीन लगानीकर्ताहरुका लागि। स्टक मार्केट ओरालो लागिरहेको बेला प्यानिक सेलिङ्कले तपाईको पोर्टफोलियोलाई मद्दत गर्नुको सट्टा थप चोट पुर्याउँछ। बियर मार्केटमा शेयर बिक्री नगर्न र दीर्घकालिन हुनका लागि अन्य धेरै कारणहरु छन्।

यद्यपि, डाउनटर्नको बेलामा आफ्नो जोखिम सहिष्णुता, समायावधि र बजारले कसरी काम गर्छ भन्ने थाहा पाउनु महत्वपूर्ण छ। सफल लगानीकर्ता बन्नका लागि डर होइन धैर्यको आवश्यकता छ।

comments powered by Disqus

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।