Ipo.aspx merolagani - २०२४ मा जापानमा बाल आत्महत्याको दर उच्च

२०२४ मा जापानमा बाल आत्महत्याको दर उच्च

Oct 25, 2025 10:08 AM merolagani

२०२४ मा जापानमा बाल आत्महत्याको दर उच्चतम बिन्दुमा पुगेको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयकाअनुसार २०२४ मा जापानमा ५ सय २९ स्कुले विद्यार्थीले आत्महत्या गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा १६ ले बढी हो । सन् १९८० मा तथ्याङ्क उपलब्ध भएदेखिको सबैभन्दा उच्च हो । शुक्रवार मन्त्रिपरिषद् बैठकमा अपनाइएको आत्महत्या प्रतिरोधात्मक उपायहरू सम्बन्धी श्वेतपत्रको २०२५ संस्करणअनुसार २०२४ को कुल संख्यामा १५ प्राथमिक, १ सय ६३ जुनियर हाई र ३ सय ५१ हाई स्कुलका विद्यार्थी थिए ।

जुन जुनियर हाई स्कुलका विद्यार्थीको संख्या रेकर्डमा सबैभन्दा उच्च थियो । प्रतिवेदनकाअनुसार १९ वर्ष र सोभन्दा कम उमेरका व्यक्तिहरूमा आत्महत्याको सबैभन्दा सामान्य कारक विद्यालयसँग सम्बन्धित मुद्दाहरू थिए । त्यसपछि स्वास्थ्य र पारिवारिक मुद्दाहरू छन् । प्रतिवेदनकाअनुसार आत्महत्या गरेर मर्ने धेरै विश्वविद्यालयका विद्यार्थी २१ वर्षका थिए । जसले सम्भवतः रोजगारी खोज्ने वा उच्च शिक्षा हासिल गर्नेबारे चिन्तालाई संकेत गर्दछ । १५ देखि २९ वर्ष उमेर समूहका युवाहरूमा आत्महत्या उच्च रहेको छ । २०२० देखि वार्षिक ३ हजार भन्दा बढी मृत्यु हुने गरेको रिपोर्टले देखाएको छ । रिपोर्टले उल्लेख गरेको छ कि युवतीहरूमा आत्महत्याको संख्या बढ्दै गएको छ । २० वर्ष उमेर समूहका ४० प्रतिशतले पहिले आत्महत्याको प्रयास गरिसकेका छन् । यसैबीच २०२४ मा जापानमा समग्र आत्महत्या २० हजार ३ सय २० रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा १ हजार ५ सय १७ ले कम हो । १९७८ मा तथ्याङ्क शुरु भएदेखि दोस्रो सबैभन्दा कम हो । 

comments powered by Disqus

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।