Ipo.aspx merolagani - यी हुन् समयमा साधारण सभा नगर्ने बीमा कम्पनीहरु

यी हुन् समयमा साधारण सभा नगर्ने बीमा कम्पनीहरु

Jan 09, 2026 11:16 AM MeroLagani

चालु आवमा नेपाल बीमा प्राधिकरणले कडाई गरेसँगै समयमा साधारण सभा नगर्ने बीमा कम्पनीको संख्या घट्दै गएको छ । गत आवमा झन्डै सबै नै बीमा कम्पनीहरुले तोकिएको समय भित्र साधारण सभा गर्दैनथे । गत वर्ष जीवन बीमातर्फ सूर्यज्योति लाइफबाहेक कुनै पनि कम्पनीले समयमा साधारण सभा गरेका थिएनन ।

चालु आवमा जीवन बीमातर्फ १२ वटा र निर्जीवन बीमातर्फ ७ वटा गरी १९ वटा बीमा कम्पनीले समयमै साधारण सभा गर्ने गरी सूचना प्रकाशित गरेका छन् । अहिलेसम्म जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफ, सिटिजन लाइफ, नेपाल लाइफ, आईएमई लाइफ, सानिमा रिलायन्स लाइफले साधारण सभा सम्पन्न गरिसकेको छ भने शुक्रबार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले साधारण सभा गर्दैछ। साधारण सभा आह्वान गरेका जीवन बीमा कम्पनीमध्ये गार्डियन माइक्रो लाइप इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई लाभांश बाँडेको छैन । नेपाल लाइफ र लाइफ इन्स्योेरेन्स कर्पोरेसन नेपालले लगानीकिर्ताले २१.०५ प्रतिशत लाभांश बाँडेको छ । नेपाल लाइफले ५ प्रतिशत बोनस र १६.०५ प्रतिशत नगद लाभांश बाँडेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले पुरै नगद लाभांश नै बाँडेको छ । दोस्रो धेरै लाभांश बाँड्नेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। सन नेपाल लाइफले ५ प्रतिशत बोनस र १५.२६ प्रतिशत बोनस गरेर २०.२६ प्रतिशत लाभांश दिएको छ । नेसनल लाइफले ४ प्रतिशत बोनस र साढे ८ प्रतिशत नगद गरेर साढे १२ प्रतिशत, रिलायवल नेपाल लाइफले १२ प्रतिशत नगद, सूर्य ज्योति लाइफ इन्स्योरेन्सले १३ प्रतिशत नगद, आइएमई लाइफले १०.५२ प्रतिशत नगद तथा सानिमा रिलायन्स लाइफले १०.१८ प्रतिशत नगद लाभांश बाँडेको छ ।

चालु आवमा समयमा साधारण सभा नगर्ने जीवन बीमा कम्पनीहरुमा हिमालयन लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले भने लामो समयदेखि साधारण सभा गरेको छैन । मेटा लाइफ इन्स्योरेन्स भने विदेशी कम्पनीको शाखाको रुपमा मात्रै नेपालमा सञ्चालित रहेको छ ।

यता निर्जीवन कम्पनीहरुमा ७ वटा कम्पनीले पुस मसान्तभित्रै साधारण सभा गर्ने गरी सूचना सार्वजनिक गरेका छन् । निर्जीवन बीमा कम्पनीतर्फ आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको मात्रै साधारण सभा सम्पन्न भएको छ । कम्पनीले शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा बढी २५ प्रतिशत लाभांश घोषणा गरेको थियो । शिखर इन्स्योरेन्सले ६ प्रतिशत बोनस र ०.३२ प्रतिशत नगद गरी ६.३२ प्रतिशत र नेपाल इन्स्योरेन्सले ६.३२ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत नगद लाभांश, एनएलजी इन्स्योरेन्सले ४ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी ७ प्रतिशत लाभांश घोषणा गरेको थियो । साधारण सभा घोषणा गरेका निर्जीवन बीमा कम्पनीमध्ये प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले कुनै लाभांश घोषणा गरेको छैन ।

निर्जीवन बीमातर्फ अझै राष्ट्रिय बीमा कम्पनीसँगै नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स, ट्रस्ट माइक्रो इन्स्योरेन्सले भने अझै साधारण सभाको घोषणा गरेको छैन । दी ओरियन्टल इन्स्योरेन्स र नेसनल इन्स्योरेन्सले भने विदेशी कम्पनीको शाखाको रुपमा मात्रै सञ्चालित रहेको हुँदा तिनीहरुले साधारण सभा गरेको रेकर्ड उपलब्ध छैन । साधारण सभाको मिति घोषणा नगरे पनि हिमालयन एभरेष्ट इन्स्योरेन्सले भने ८ प्रतिशत नगद लाभांशको घोषणा गरिसकेको छ ।

नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्याेरेन्स पनि समयमा साधारण सभा नगर्ने कम्पनीमा पर्छन।

comments powered by Disqus

सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।