Ipo.aspx merolagani - उत्तर प्रदेशका मुख्य मन्त्रीको एउटा ‘क्रान्तीकारी’ आदेशमा सनसनी, नेपालमा भने प्रधानमन्त्री कार्कीकै कारण भद्रगोल

उत्तर प्रदेशका मुख्य मन्त्रीको एउटा ‘क्रान्तीकारी’ आदेशमा सनसनी, नेपालमा भने प्रधानमन्त्री कार्कीकै कारण भद्रगोल

Feb 01, 2026 06:09 PM mero lagani

नेपालमा सार्वजनिक पदमा बसेकाहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने व्यवस्था छ । तर, त्यसलाई सरोकारवालाहरुले कहिल्यै पनि गम्भिरतापूर्वक लिदैनन् । 

कतिपयले सम्पत्ति विवरण बुझाउँछन् भने थुप्रैले बुझाउँदैनन् । न बुझाउनेहरुको सम्पत्ति विवरण प्रभावकारी रुपमा मूल्यांकन हुन्छ, न त नबुझाउनेहरुमाथि नै कारवाही हुन्छ । त्यसैले सम्पत्ति विवरण सार्वजनिक गर्ने कुरा फगत औपचारिकतामा सिमित भएको छ ।

 

भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले आइतबार दिएको आदेशले केवल उक्त प्रदेश र भारतमा मात्र होइन, नेपालमा पनि तहल्का पिट्न सक्ने देखिएको छ । नेपालमा पनि कुनै प्रधानमन्त्री वा मन्त्रीले त्यस्तै आदेश दिए भने के होला ? अहिले धेरैको मनमा यस्तो प्रश्न देखिएको छ ।

प्रसंग योगीले आइतबार दिएको तलब रोक्का सम्वन्धि आदेशको हो । उनले सार्वजनिक पदमा बसेर पनि सपत्ति विवरण अद्यावधिक नगर्ने ६८,२३६ व्यक्तिको तलब रोक्का गर्ने आदेश दिएका छन् । साथै उनीहरुको सम्पत्ति छानविन गरि कारवाहीको दायरामा ल्याउन सम्वन्धित निकायहरुलाई आदेश दिएका छन् । यो आदेशसँगै उनीहरुले जनवरीको तलव भत्ता समेत नपाउने भएका छन् ।

सम्पत्ति विवरण नबुझाएको अभियोगमा तलव, भत्ता रोक लगाइएको यो भारतीय इतिहासमै सम्भवतः पहिलो घटना भएको योगी निकट स्रोतको उल्लेख गर्दै भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् । यो आदेशसँगै उत्तर प्रदेशको राजनीतिक तथा प्रशासनिक क्षेत्रमा सनसनी मच्चिन थालेको बताइएको छ । यस्को असर अब अरु प्रदेशहरुमा पनि पर्ने देखिएको छ ।

स्मरण रहोस, नेपालमा भने भ्रष्टाचार नियन्त्रण गरि सुशासन कायम गर्ने दावी सहित सत्तामा पुगेकी प्रधानमन्त्री सुशीला कार्की र उनको मन्त्रीमण्डलका सदस्यहरुले नै सम्पत्ति विवरण बुझाएका छैनन् । प्रधानमन्त्री र मन्त्रीहरुले नै सम्पत्ति विवरण नबुझाउँदा मातहतका कर्मचारी र राजनीतिक नियुक्ति लिएकाहरुलाई ‘के खोज्छस साँईला खुदो’ जस्तो भएको छ ।

comments powered by Disqus

अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।