Ipo.aspx merolagani - सुन र चाँदी दुवैको मूल्य घट्यो

सुन र चाँदी दुवैको मूल्य घट्यो

Mar 09, 2026 10:58 AM Merolagani

फागुन २५ गते, सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ ।  यस दिन सुन प्रतितोला ३ हजार ७०० रुपैयाँले र चाँदी तोलामा ६५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा सुन प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ६५ रुपैयाँ घटेर प्रतितोला ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजार चाँदी तोलाको ५ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।

comments powered by Disqus

वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Mar 14, 2026 10:40 AM

वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ।