Ipo.aspx merolagani - सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीकाे भने घट्यो

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीकाे भने घट्यो

Mar 16, 2026 10:58 AM Merolagani

चैत २ गते, सोमबार, नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा सुन प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार २६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

comments powered by Disqus

वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Mar 14, 2026 10:40 AM

वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ।