Ipo.aspx merolagani - साताभर सुनको मूल्यमा सामान्य वृद्धि, मध्यपूर्वी क्षेत्रको युद्धले मूल्य बढाउने आंकलन

साताभर सुनको मूल्यमा सामान्य वृद्धि, मध्यपूर्वी क्षेत्रको युद्धले मूल्य बढाउने आंकलन

Mar 14, 2026 06:10 AM Merolagani

पछिल्लो एक साताको अवधिमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

गत फागुन २२ गते शुक्रबार देखि फागुन २९ गते शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य ८ सय रुपैयाँले मात्र बढेको देखिन्छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत फागुन २२ गते शुक्रबार बजारमा सुन ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यसको एक हप्तापछि शुक्रबार आइपुग्दा सुनको मूल्य ८०० रुपैयाँले बढेर ३ लाख १४ हजार २०० रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार, शुक्रबारको तुलनामा फागुन २४ गते आइतबार सुनको मूल्यमा ३ हजार ५०० रुपैयाँ बढ्यो । त्यसदिन सुनको मूल्य ३ लाख १६ हजार ९०० पुगेको थियो ।

त्यस्तै, फागुन २५ गते सोमबार सुनको मूल्य घटेर ३ लाख १३ हजार २०० रुपैयाँमा झरेको थियो । फागुन २६ गते मंगलबार सुनको मूल्य पुनः बढ्यो । त्यसदिन ३ लाख १७ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । फागुन २७ गते बुधबार पुनः बढेर ३ लाख १९ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै, फागुन २८ गते बिहीबार सुनको मूल्य घटेर ३ लाख १७ हजार रुपैयाँमा झरेको थियो भने फागुन २९ गते शुक्रबार एकैचोटी २ हजार ८०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको थियाे ।

अहिले अन्तराष्ट्रिय रुपमा इजरायल र इरानबीचको युद्ध जारी छ । त्यस्तै, मध्यपूर्वी क्षेत्रका देशहरुमा जारी युद्धले अन्य देशहरुमा इन्धन, तेल र ग्यासजन्य वस्तुको आपूर्ति श्रृङ्खला रोकिँदा त्यसको प्रत्यक्ष असर विश्वभर परिरहेको छ ।

सुन व्यवसायीका अनुसार, मध्यपूर्वी क्षेत्रको युद्धले बहुमुल्य धातुको मूल्यमा समेत प्रत्यक्ष असर गर्ने देखिएको छ । आगामी दिनमा सुनको मूल्य बढ्न सक्ने सुन व्यवसायीको भनाइ छ ।

‘अन्तराष्ट्रिय रुपमा युद्ध र टकराव चलिरहेकाले त्यसको असर नेपालको बहुमुल्य धातुमा पर्ने देखिन्छ,’ महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्य भन्छन, ‘आगामी दिनमा घट्ने भन्दा बढ्ने नै सम्भावना देखिन्छ ।’

उनका अनुसार, विवाह गर्ने लगनको महिना भएकाले सुनको कारोबार निकै कम भएपनि भविष्यमा कारोबारमा गिरावट आउने देखिन्छ ।

 

comments powered by Disqus

वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Mar 14, 2026 10:40 AM

वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ।