Ipo.aspx merolagani - पोल्याण्ड र जर्मनी पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्तिहरू पक्राउ

पोल्याण्ड र जर्मनी पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्तिहरू पक्राउ

Apr 22, 2026 01:18 PM Merolagani

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड र जर्मनी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-२ बस्ने काठमाडौं महानगरपालिका-१४ घर भएकी ३३ वर्षीया बिनिता नगरकोटी र भक्तपुर मध्यपुर थिमी नगरपालिका-२ राधेराधे बस्ने मोरङ बेलबारी नगरपालिका-२ घर भएकी ३६ वर्षीया बेनु श्रेष्ठ रहेका छन् ।

पक्राउ मध्ये बिनिताले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख २० हजार रूपैयाँ र बेनुले जर्मनी पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिनितालाई कीर्तिपुर नगरपालिका-२ बाट मंगलबार र बेनुलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ राधेराधेबाट सोमबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

comments powered by Disqus

यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।