Ipo.aspx merolagani - अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न एक व्यक्ति पक्राउ

अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न एक व्यक्ति पक्राउ

Apr 24, 2026 05:48 PM Merolagani

अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा इलाम फाकफोकथुम गाउँपालिका-६ बस्ने २७ वर्षीय सुजन लिम्बु भन्ने सुशन थेगिम लिम्बुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

 काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले सामाजिक सञ्जाल टिकटकमा पीडितसँग कुराकानी गरी विभिन्न प्रलोभनमा पारी अमेरिकी डलर, गरगहना लगायतका विभिन्न उपहार डिएचएल मार्फत पठाएको, उक्त सामान काठमाडौंको एयरपोर्टमा रहेको डिएचएल कम्पनीको शाखामा आइपुगिसकेको र सो सामान बुझ्नको लागि कस्टम चार्ज, कर बापतको रकम भुक्तानी गर्नुपर्छ भनी विभिन्न बैंक खातामा २ लाख रूपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

comments powered by Disqus

यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।