Ipo.aspx merolagani - सुनचाँदीको मूल्य घट्ने क्रम जारी

सुनचाँदीको मूल्य घट्ने क्रम जारी

Apr 24, 2026 10:58 AM Merolagani

बैशाख ११ गते शुक्रबार, नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी तोलामा ७५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबारको बजारमा सुन प्रतितोला दुई लाख ९८ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सुन चाँदीको मूल्य पछिल्लो तीन दिनदेखि निरन्तर घटेको हो ।

यस दिन चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला पाँच हजार २० रुपैयाँ खरिदबिक्री भएको थियो। चाँदीको मूल्य पछिल्ला दिनमा निरन्तर घटेको छ।

comments powered by Disqus

यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।