Ipo.aspx merolagani - बजारमा कृत्रिम माग देखाए कारवाही गर्ने नेप्सेको चेतावनी, कोल्याटरल सीमा र २५ प्रतिशत नगदमा कडाइ

बजारमा कृत्रिम माग देखाए कारवाही गर्ने नेप्सेको चेतावनी, कोल्याटरल सीमा र २५ प्रतिशत नगदमा कडाइ

Apr 29, 2026 05:49 PM Merolagani

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र कारोबारमा कृत्रिम माग सिर्जना गरी बजारलाई प्रभावित पार्ने कार्य रोक्न कारोबार सदस्यहरूलाई कडा निर्देशन दिएको छ । 

बुधबार एक परिपत्र जारी गर्दै नेप्सेले लगानीकर्ताको वास्तविक कोल्याटरल सीमा भन्दा बढी रकमको खरिद आदेश प्रविष्ट गराउने र बजारमा अस्थायी माग उच्च देखाउने गतिविधि नगर्न सचेत गराएको हो ।

केही ब्रोकरहरूले कोल्याटरल भन्दा कैयौँ गुणा बढीको आदेश प्रविष्ट गर्न दिने र पछि ती आदेशहरू रद्द गर्ने गरेको पाइएपछि नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ८ (१) अनुसार खरिद आदेश दिँदा अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम अग्रिम लिन अनिवार्य गरेको छ ।

नेप्सेको सुपरिवेक्षण शाखाका अनुसार विनियमावलीको व्यवस्था विपरीत कारोबार गराएको देखिएमा प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइनेछ । यस कदमले बजारमा हुने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गरी वास्तविक लगानीकर्ताको हित संरक्षण गर्ने अपेक्षा गरिएको छ।


comments powered by Disqus

सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।