Ipo.aspx merolagani - सुनचाँदीको मूल्य घट्ने क्रम जारी

सुनचाँदीको मूल्य घट्ने क्रम जारी

Apr 29, 2026 11:00 AM Merolagani

बैशाख १६ गते बुधबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला दुई लाख ९७ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्ला दिनमा सुन र चाँदीको मूल्य निरन्तर रुपमा घटेको छ ।

यस दिन चाँदी प्रतितोला चार हजार ९१५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँ खरिदबिक्री भएको थियो।

comments powered by Disqus

सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।