Ipo.aspx merolagani - त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीको सामूहिक राजीनामा

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीको सामूहिक राजीनामा

Apr 30, 2026 02:17 PM Merolagani

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्।

शिक्षाध्यक्ष खड्ग केसी र रजिष्ट्रार केदार प्रसाद रिजालले पनि राजीनामा दिएका छन्। उनीहरूले नयाँ सरकारलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन्।

हालै सिफारिस भएको अध्यादेशमा पदाधिकारी हटाउन सक्ने प्रावधान राखिएको तथा सत्तारुढ दलका केही नेताको पनि त्यस्तै संकेत देखिएपछि बिहीबार कुलपति बालेन्द्र शाहलाई राजीनामा बुझाइएको बताइएको छ।

केसी र रिजाल प्रचण्ड प्रधानमन्त्री भएका बेला मेरिटका आधारमा नियुक्त भएका थिए भने उपकुलपति अर्याल केपी शर्मा ओलीको पालामा मेरिटकै आधारमा नियुक्त भएका थिए।

comments powered by Disqus

सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।