Ipo.aspx merolagani - बालेन शाहको शासनबारे अन्तर्राष्ट्रिय वेबिनार : भारत,चीन, अमेरिका सहित २५ देशका कूटनीतिज्ञहरूको सहभागिता

बालेन शाहको शासनबारे अन्तर्राष्ट्रिय वेबिनार : भारत,चीन, अमेरिका सहित २५ देशका कूटनीतिज्ञहरूको सहभागिता

Apr 30, 2026 02:46 PM Merolagani

नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (एनआईआईसीई) ले बालेन शाहको नेतृत्वमा रहेको वर्तमान शासन व्यवस्थाबारे छलफल गर्न एक अन्तर्राष्ट्रिय वेबिनार आयोजना गरेको छ।

उक्त छलफलमा भारत, संयुक्त राज्य अमेरिका, जापान, बंगलादेश, भुटान, चीन र नेपालसहित २५ देशका २६ जना कूटनीतिज्ञ, नीति निर्माता, विद्वान तथा विज्ञहरूको सहभागिता रहेको थियो।

सहभागीहरूले बालेन शाहको नेतृत्व तथा नेपालको बदलिँदो राजनीतिक परिदृश्यबारे आफ्ना अन्तर्राष्ट्रिय दृष्टिकोण प्रस्तुत गरेका थिए।

कार्यक्रममा भारतका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार पंकज सरनले भारतले नेपाल र नयाँ नेतृत्वलाई समर्थन गर्नुपर्नेमा जोड दिँदै विद्यार्थी आदान–प्रदान, व्यापार तथा विचारको प्रवाहलाई सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए। उनले क्षेत्रीय सहकार्य नै स्थायित्वको आधार भएको उल्लेख गर्दै भारत–नेपाल सम्बन्ध पुनःपरिभाषित गर्नुपर्ने समय आएको बताए।

त्यस्तै, चीनका प्रोफेसर तथा पूर्व कूटनीतिज्ञ डा. चाङ चियाडोङले नेपालको नयाँ नेतृत्वलाई युवा शक्ति र परिवर्तनको प्रतीकका रूपमा उल्लेख गर्दै चीनले नेपालप्रति समर्थन विस्तार गर्ने बताए। उनले बालेन नेतृत्वलाई सकारात्मक परिवर्तनको सम्भावना भएको भन्दै बीआरआई अन्तर्गत सडक, ऊर्जा तथा जनस्तरका सहकार्यका अवसरहरू औंल्याए।

संयुक्त राज्य अमेरिकाका प्यासिफिक फोरमका क्षेत्रीय मामिला निर्देशक डा. रोब योर्कले अमेरिका दीर्घकालीन स्थायित्वलाई प्राथमिकता दिने बताउँदै नेपालले भारत र चीनबीच अपनाएको सन्तुलनकारी नीतिलाई व्यावहारिक आवश्यकता भएको टिप्पणी गरे।

यसैगरी, बंगलादेश इन्डो–प्यासिफिक मामिला केन्द्रका कार्यकारी निर्देशक डा. साहब इमान खानले नेपालमा देखिएको राजनीतिक परिवर्तनको गति र कार्यक्षमताको प्रशंसा गर्दै नयाँ राजनीतिक शक्तिहरू अझ प्रभावकारी हुन सक्ने धारणा व्यक्त गरे।

वेबिनारमा सहभागी विज्ञहरूले नेपालको वर्तमान राजनीतिक परिवर्तनलाई क्षेत्रीय सहकार्य, स्थायित्व र विकासका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका थिए।

comments powered by Disqus

सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।