Ipo.aspx merolagani - साताभर सुनको मूल्यमा ४०० रुपैयाँको गिरावट, कुन दिन कतिमा कारोबार ?

साताभर सुनको मूल्यमा ४०० रुपैयाँको गिरावट, कुन दिन कतिमा कारोबार ?

May 02, 2026 06:12 AM Merolagani

यो हप्ताभर सुनको मूल्यमा त्यति धेरै उतारचढाव देखिएन् । साताभर सुनको मूल्य ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, गत बैशाख ११ गते शुक्रबारको तुलनामा यस बैशाख १८ गते शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य ४०० रुपैयाँले घटेको हो । गत बैशाख ११ गते नेपाली बजारमा सुनको मूल्य २ लाख ९६ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज बैशाख १८ गते शुक्रबारसम्म आइपुग्दा ४०० रुपैयाँले घटेर उक्त दिन प्रतितोला २ लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, बैशाख १३ गते आइतबार नेपाली बजारमा सुनको मूल्य ३ हजार रुपैयाँ प्रतितोला बढेर उक्त दिन २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बैशाख १४ गते सोमबार एकैदिन एक हजार रुपैयाँले बढेर त्यसदिन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो ।

गत बैशाख १५ गते मंगलबार भने सुनको मूल्य घटेको छ । बघिल्लो दिनको तुलनामा त्यस दिन ३ हजार रुपैयाँले सुनको मूल्य घटेर २ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बैशाख १६ गते बुधबार पनि पुनः ३ हजार रुपैयाँले घटेको सुनको मूल्य उक्त दिन २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै, बैशाख १७ गते बिहीबारको दिनमा पनि सुनको मूल्य घटेको देखिन्छ । उक्त दिन अघिल्लो दिनको मूल्यको तुलनामा १८०० रुपैयाँले घटेर २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने साताको अन्तिम दिन शुक्रबार भने सुनको मूल्य ३ हजार ४०० रुपैयाँले बढेर २ लाख ९६ हजार १०० रुपेयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

समग्रमा यो साताभर सुनको मूल्यमा त्यति बढी उतारचढाव नआए पनि ४०० रुपैयाँले घटेको देखिन्छ ।

comments powered by Disqus

मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।