Ipo.aspx merolagani - आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Apr 30, 2026 10:45 AM Merolagani

बैशाख १७ गते बिहीबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ८०० रुपैयाँ र चाँदी तोलामा १०५ रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्ला दिनहरुमा सुन र चाँदीको मूल्य निरन्तर रुपमा घट्ने क्रम जारी छ।

यस दिन चाँदी प्रतितोला चार हजार ८१० रुपैयाँ खरिदबिक्री भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला चार हजार ९१५ रुपैयाँ खरिदबिक्री भएको थियो।

comments powered by Disqus

सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।