Fri, Jun 05, 2026
ललितपुर महानगरपालिका-१२ लगनखेल बसपार्क नजिकबाट नेपाली ५ सय दरका १६ थान नक्कली नोट सहित काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने सिराहा घर भएका १९ वर्षीय सुरज राईलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।