Ipo.aspx merolagani - वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ

वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ

Jun 02, 2026 08:39 AM Merolagani

वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। उनी पर्साको ठोरीबाट पक्राउ परेको हुन्।

पर्साको ठोरी एरियामा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा गरिएको अप्रेशनबाट मेयर सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

८ जेठमा उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। स्थानीय लियाकत अलीको जाहेरी बमोजिम जिल्ला अदालत पर्साले मेयर सिंहसहित तीनजना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप सोधपुछ चलिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ।

comments powered by Disqus