Ipo.aspx merolagani - स्रोत नखुलेको सुन तथा चाँदीका गरगहना र नगद सहित एक जना पक्राउ

स्रोत नखुलेको सुन तथा चाँदीका गरगहना र नगद सहित एक जना पक्राउ

Jun 02, 2026 02:39 PM Merolagani

करिब ३ करोड रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहना, स्रोत नखुलेको नेपाली २ लाख १९ हजार ५ सय रूपैयाँ र भारतीय ८ लाख ११ हजार ८ सय रूपैयाँ सहित सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ बस्ने बाँके नेपालगंज उपमहानगरपालिका-१० घर भएका ६३ वर्षीय श्याम सुन्दर अग्रवाल (बालाजी) लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका-६ तल्लो बजारस्थित शिव इम्पोरियम नामक कपडा पसलमा भारतीय रूपैयाँ र गरगहना धितो राखी ब्याजमा नगद दिने गरेको भन्ने सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त गरगहना र नगद सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

comments powered by Disqus

हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

Jun 04, 2026 05:25 AM

नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।