Ipo.aspx merolagani - बजेटपछि ह्रवात्तै बढ्यो सुनको मूल्यः साताभर १८ हजार ४०० रुपैयाँले मूल्यवृद्धि, कतिमा हुँदैछ कारोबार?

बजेटपछि ह्रवात्तै बढ्यो सुनको मूल्यः साताभर १८ हजार ४०० रुपैयाँले मूल्यवृद्धि, कतिमा हुँदैछ कारोबार?

Jun 06, 2026 06:03 AM Merolagani

गत जेठ १५ गते सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्यो । उक्त दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तर, त्यसको एक हप्तापछि अर्थात जेठ २२ गते शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य १८ हजार ४०० रुपैयाँले वृद्धि भयो ।

बजेट भाषणपछि एकैदिन जेठ १७ गते आईतबार सुनको मूल्य २० हजार ५०० रुपैयाँ बढेर त्यसदिन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा किनबेच हुन पुग्याे । तर  जेठ १८ गते सोमबार  प्रतितोला २०० रुपैयाँले सुनको मूल्य घट्न पुग्याे । उक्त दिन सुन प्रतितोला ३ लाख १० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, जेठ १९ गते मंगलबार ४०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । जेठ २० गते बुधबार भने सुनको मूल्य स्थिर रह्यो । त्यस्तै, जेठ २१ गते बिहीबार भने सुनको मूल्य २०० रुपैयाँले घटेर ३ लाख ११ हजार १०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । त्यस्तै, जेठ २२ गते शुक्रबार २ हजार १०० रुपैँयाले घटेर उक्त दिन ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस हप्ता बजेट भाषणपछि सुनको मूल्यमा भारी वृद्धि भएको छ । अन्तराष्ट्रिय रुपमा मूल्यवृद्धि, अमेरिका–इजरायल द्वन्द्वलगायतका कारण पनि सुनको मूल्य बढेको व्यवसायीहरु बताउँछन् ।

comments powered by Disqus