Ipo.aspx merolagani - नयाँ श्रम स्वीकृति घट्दा पनि रेमिट्यान्समा वृद्धि, वैशाखमै भित्रियो २ खर्ब ५७ अर्ब

नयाँ श्रम स्वीकृति घट्दा पनि रेमिट्यान्समा वृद्धि, वैशाखमै भित्रियो २ खर्ब ५७ अर्ब

Jun 09, 2026 05:20 PM Merolagani

वैदेशिक रोजगारीमा जाने नयाँ नेपालीहरूको संख्या घटे पनि देश भित्रिने रेमिट्यान्समा भने ऐतिहासिक वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार चालु आवको बैशाख मसान्तसम्म रेमिट्यान्स ४१.२ प्रतिशतले बढेर १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धिदर जम्मा १३.३ प्रतिशत मात्र थियो।

वैशाख महिनामा मात्रै रेमिट्यान्स संकलनमा ठुलो रेकर्ड कायम भएको छ। वैशाख महिनामा मात्रै २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ नेपाल भित्रिएको छ, जबकि अघिल्लो वर्षको वैशाखमा १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ मात्र आएको थियो।

अमेरिकी डलरको आगमनमा पनि उच्च सुधार देखिएको छ। समीक्षा अवधिमा डलरमा रेमिट्यान्स ३३ प्रतिशतले बढेर १३ अर्ब २६ करोड डलर पुगेको छ। रेमिट्यान्ससँगै देशको खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि अघिल्लो वर्षको १४ खर्ब ८० अर्ब २८ करोडबाट बढेर २० खर्ब ९१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकका अनुसार नयाँ श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या भने गत वर्षको ४ लाख ५ हजार ६१० बाट घटेर यसपटक ३ लाख ३५ हजार ५१० मा सीमित भएको छ। तर, पुराना र अनुभवी कामदारहरू पुनः श्रम स्वीकृति लिएर विदेशिने क्रम भने बढेको छ। यसपालि पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजारबाट बढेर ३ लाख २६ हजार ३६४ पुगेको छ।

नयाँ जानेको संख्या घटे पनि पुराना कामदारहरूको बढ्दो संख्या र बलियो डलरका कारण देशको रेमिट्यान्स आम्दानीमा उत्साहजनक वृद्धि भएको हो।

comments powered by Disqus

मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।