Ipo.aspx merolagani - कालीमाटी र बल्खुबाट यात्रु ठग्ने ३५ बिचौलिया पक्राउ

कालीमाटी र बल्खुबाट यात्रु ठग्ने ३५ बिचौलिया पक्राउ

Jun 17, 2026 11:06 AM Merolagani

काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जना बिचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार बिहान विशेष अपरेसन सञ्चालन गरी उनीहरूलाई पक्राउ गरेको हो।

विभिन्न बस काउन्टर आसपासमा सक्रिय रहँदै उनीहरूले बल्खु क्षेत्र हुँदै उपत्यका बाहिर जाने यात्रुहरूलाई अनावश्यक दुःख र हैरानी दिने गरेको पाइएको छ।

बल्खु र कालीमाटी क्षेत्रमा यात्रुलाई तानातान गर्ने, अनावश्यक मोलमोलाई गर्ने र बढी भाडा लिएर हैरानी दिने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिए।

पक्राउ परेका सबै बिचौलियाहरूलाई थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइने ट्राफिक प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका आरोपीहरू विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरी कानुनी अनुसन्धान अघि बढाइनेछ।

 
comments powered by Disqus