Ipo.aspx merolagani - सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो

Jul 03, 2026 11:10 AM Merolagani

असार १९ गते, शुक्रबार, नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ७ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १६५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ७०० सय रुपैयाँमा कारोबार भएको छ। बिहीबार सुन तोलामा दुई लाख ८३ हजार ५०० सय रुपैयाँमा किनबेच भएको थियो। सुनचाँदीको मूल्य बिहीबारको बजारमा पनि भारि मात्रामा वृद्धि भएको थियो । 

त्यस्तै, आजको बजारमा चाँदी तोलाको चार हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा चाँदी तोलामा चार हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

comments powered by Disqus

विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।