Ipo.aspx merolagani - सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

Jul 05, 2026 10:51 AM Merolagani

असार २१ गते, आईतबार, नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य सामान्य घटेको छ। यस दिन सुन प्रतितोला ४०० रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ। गत शुक्रबार सुन तोलामा दुई लाख ९० हजार ७०० सय रुपैयाँमा किनबेच भएको थियो।

त्यस्तै, आजको बजारमा चाँदी तोलाको चार हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा चाँदी तोलामा चार हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो।

 

comments powered by Disqus

विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।