Ipo.aspx merolagani - सातामा करिब ३ प्रतिशत बढ्यो नेप्से, बजार पूँजीकरण १ खर्ब ३१ अर्ब रुपैयाँ वृद्धि

सातामा करिब ३ प्रतिशत बढ्यो नेप्से, बजार पूँजीकरण १ खर्ब ३१ अर्ब रुपैयाँ वृद्धि

Jul 18, 2026 Merolagani

यस साता नेप्से परिसूचक करिब ३ प्रतिशत बढेर बन्द भएको छ। गत साता २६००.७८ विन्दुमा बन्द भएको नेप्से, यस साता २.९५ प्रतिशत अर्थात ७६.७६ अंक बढेर २६७७.५४ विन्दुमा बन्द भएको छ।

यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये चार कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स १४.७८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.०९ अंक बढेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ८५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ८३ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २०.३५ प्रतिशत बढेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ९६.६२ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या २१.३३ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब ३ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ६८ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ३१ अर्ब रुपैयाँ बढेर ४६ खर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.७६ प्रतिशत बढेको छ। गत साता १० हजार ६४२.७१ विन्दुमा बन्द भएको नेप्से, यस साता ४००.४१ अंक बढेर ११ हजार ४३.१२ विन्दुमा पुगेको छ। अंकका आधारमा पनि यस साता यही उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको हो।

यस साता व्यापार उपसमूहको परिसूचक भने सबैभन्दा कम ०.९१ प्रतिशत बढेको छ। गत साता ३२९९.२८ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता २९.९२ अंक बढेर ३३२९.२० विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.२५ अंक बढेको छ।

यस साता १ कम्पनीको कुल ३० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता एभरेष्ट कलर लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको हो।

यस साता थ्रि स्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १९.१२ प्रतिशत बढेको छ। गत साता ३४० रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ४०५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता पियोर इनर्जीको शेयरमूल्य करिब १७ प्रतिशत बढेको छ भने नारायणी डभेलपमेन्ट बैंकको शेयरमूल्य साढे १४ प्रतिशत बढेको छ। कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस साता सर्वाधिक ११.०९ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता युनाइटेड अजोड इन्स्योरेन्स, कालिञ्चोक हाइड्रोपावर, जीवन विकास लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने मकर जीतुमाया सुरी हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, माउन्टेन हाइड्रो नेपाल लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

 
comments powered by Disqus

यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।