Ipo.aspx merolagani - सातामा करिब २ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

सातामा करिब २ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

Jun 27, 2026 06:02 AM Merolagani

यस साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ। गत साता २७०२.११ विन्दुमा बन्द भएको नेप्से, यस साता १.९५ प्रतिशत अर्थात ५२.६० अंक घटेर २६४९.५१ विन्दुमा बन्द भएको छ।

यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये पाँचै कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ६.३० अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०६ अंक घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ९ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब २ लाख रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ०.१८ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या १०.९८ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ३०.९३ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब २ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४६ खर्ब १७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ८२ अर्ब रुपैयाँ घटेर ४५ खर्ब ३४ अर्ब रुपैयाँमा सीमित भएको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.३१ प्रतिशत घटेको छ। गत साता ११ हजार ६३.६२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३६५.६७ अंक घटेर १० हजार ६९७.९५ विन्दुमा झरेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक घटेको छ।

यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.५१ प्रतिशत घटेको छ। गत साता २१.७८ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ०.५१ अंक घटेर २१.६७ विन्दुमा झरेको छ।

यस साता दुई कम्पनीको कुल १ करोड १८ लाख ७५ हजार ५७९.६० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर र स्नो रिभर्सको आईपीओ नेप्सेमा सूचीकृत भएको हो।

फ्लोरसिट विश्लेषण गर्दा यस साता टक्सार पिखुवा खोला हाइड्रोपावर, रु रु जलविद्युत परियोजना, मेगा म्युचुअल फण्ड १ लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने रावा इनर्जी डेभलपमेन्ट, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, कालिञ्चोक दर्शन लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

comments powered by Disqus

यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।