Ipo.aspx merolagani - आज दिउँसो ३ बजे मन्त्रिपरिषद बैठक बस्दै

आज दिउँसो ३ बजे मन्त्रिपरिषद बैठक बस्दै

Jul 22, 2026 10:55 AM Merolagani

आज साउन ६ गते मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाही, समसामयिक राजनीतिक विषयवस्तु र विभिन्न मन्त्रालयबाट आएका प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ।

 

comments powered by Disqus

यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।