Ipo.aspx merolagani - सुनचाँदीको मूल्यमा भारि वृद्धि

सुनचाँदीको मूल्यमा भारि वृद्धि

Jul 22, 2026 11:03 AM Merolagani

साउन ६ गते, बुधबार, नेपाली बजारमा सुनचाँदी दुवैको भारि वृद्धि भएको छ। यस दिन सुन प्रतितोला पाँच हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला दुई लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो दिनदेखि सुन र चाँदीको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला चार हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।

comments powered by Disqus

सिंहदरबारको त्यो 'डेढ घण्टा': जब बालेनले शेयर बजारका हस्तीहरूलाई सोधे– 'मैले के बिगारेँ र बजार रातो भयो?'

Jul 20, 2026 04:33 PM

सुवास निरौला

नयाँ सरकार बनेपछि 'बुलिस' ट्रेन्डको सपना देखेका लगानीकर्ताहरू यति बेला 'रातो झरी' ले निथ्रुक्क भिजेका छन्।