Ipo.aspx merolagani - राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ

राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ

Jul 23, 2026 04:37 PM Merolagani

 सामाजिक सञ्जाल तथा विभिन्न युट्युब च्यानलमार्फत राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ परेकी छिन्।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीको टोलीले केसीलाई नियन्त्रणमा लिएको हो। साइबर ब्यूरोका अनुसार पक्राउ परेकी केसीमाथि विद्युतीय (साइबर) कसुरअन्तर्गत अनुसन्धान अगाडि बढाइएको छ।

केसीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट १ दिनको म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान तथा सोधपुछ सुरु गरेको छ।

सामाजिक सञ्जालमा आधारहीन र भ्रामक सामग्री सम्प्रेषण गरी व्यक्ति तथा समाजमा अवाञ्छित अफवाह फैलाउने गतिविधि बढेको भन्दै प्रहरीले निगरानी बढाएको जनाएको छ।

comments powered by Disqus

प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।