Ipo.aspx merolagani - जलविद्युत् आयोजनाको पीपीए खुलाउने विषयमा किन भइरहेको अलमल ? यसो भन्छन् ऊर्जा व्यवसायी

जलविद्युत् आयोजनाको पीपीए खुलाउने विषयमा किन भइरहेको अलमल ? यसो भन्छन् ऊर्जा व्यवसायी

Jul 27, 2026 02:08 PM Merolagani

हरिप्रसाद शर्मा

बालेन नेतृत्वको सरकार गठन भएको चार महिना हुन लागेपनि ऊर्जा क्षेत्रमा जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्रि सम्झौता(पीपीए) खुलाउने सम्वन्धमा ठोस् पहल हुन सकेको छैन् ।

लामो समयदेखि रोकिँदै आएको जलविद्युतकाे पीपीए अनुमति सरकार गठन भएको लामो समय बित्दासमेत अघि बढ्न नसकेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले पीपीएको वर्तमान अवस्थाको बारेमा अध्ययन गर्न एक कार्यदल गठन गरेका थिए । मन्त्रालयका सहसचिव डा. राजन भट्टराइको नेतृत्वमा एक कार्यदल गठन गरिएको थियो ।

 

कार्यदलले तीन महिनाभित्र प्रतिवेदन बुझाउने म्याद पाएको थियो । उक्त कार्यदलले पीपीएसम्वन्धी समिक्षा प्रतिवेदन बनाएर मन्त्रालयलाई बुझाइसकेको छ । तर, मन्त्रालयले उक्त प्रतिवेदन सार्वजनिक गरेको भने छैन् ।

कार्यदलले प्रतिवेदन बुझाइसक्दा पनि ऊर्जामन्त्री श्रेष्ठले पीपीए खुलाउने दिसामा ठोस कदम भने चाल्न सकेका छैनन् । मन्त्री श्रेष्ठले आफ्नो उपलव्धि प्रतिवेदन तयार भएको जनाए पनि ठोस निर्णय भने गरेका छैनन् ।

पीपीए भएका कतिपय आयोजनाहरुलाई सम्पन्न गर्न आयोजनाको व्यवसायिक विद्युत् उत्पादन मिति(आरसीओडी) म्याद थप गर्न सरकारले आयोजनालाई चार वर्गमा वर्गीकरण गरेको छ । त्यसबाहेक पीपीए खुलाउने विषयमा ठोस् उपलव्धि देखिएको छैन् । पीपीएसम्वन्धी विषयमा अध्ययन गर्न एउटा कमिटी बन्नुबाहेक ठोस् उपलव्धि अहिलेसम्म हुन नसकेको निजी क्षेत्रका ऊर्जा व्यवसायी बताउँछन् ।

विगत देखि नै ऊर्जा व्यवसायीहरु पीपीए खुला गर्नुपर्ने माग गर्दै आएका छन् । हालसम्म करिब १६ हजार मेगावाटका जलविद्युत् आयोजनाहरु पीपीएको पर्खाइमा छन् ।

पीपीए अनुमतिका लागि प्राधिकरणमा आवेदन दिएको लामो समय हुँदा पनि प्रभावकारी कार्यान्वयन नहुँदा ऊर्जा व्यवसायी निराश छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इप्पान) का वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोनले पीपीएसँगै भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण पूर्वाधारलाई पनि प्राथमिकता दिनुपर्ने बताए ।

‘सरकारले पीपीए खुलाउने सन्दर्भमा कार्यदल बनायो, अध्ययन भयो । कार्यदलले प्रतिवेदन समेत बुझाइसकेको छ,’ भ्लोनले भने, ‘पीपीए खुलाएर मात्र हुँदैन, त्यसका लागि भरपर्दो र सुदृढ प्रसारण तथा वितरण पूर्वाधार बनाउनुपर्छ ।’

इप्पानका अनुसार, हालसम्म १२ हजार मेगावाटका जलविद्युत् आयोजनाहरुको पीपीए भइसकेको छ । पीपीए भएर निर्माणको चरणमा करिब ५ हजार मेगावाटका आयोजनाहरु छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डै दुईतिहाइ बहुमत प्राप्त सरकारले आफ्नो बाचापत्र मार्फत सरकार गठन भएको ६ महिना अर्थात १८० दिनमा पीपीएसम्वन्धी कानुनी विषय टुंग्याएर पीपीए अनुमति दिन सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो ।

प्रतिवद्धताअनुसारको पीपीए विवाद ६ महिनाभित्र टुंगिन्छ कि टुंगिँदैन त्यो हेर्न बाँकी नै छ ।

comments powered by Disqus

नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।