Ipo.aspx merolagani - लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजैबाट संवाद सुरु हुने

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजैबाट संवाद सुरु हुने

Jul 30, 2026 11:49 AM Merolagani

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितका समस्या समाधानका लागि वार्ता समिति गठन गरेका छन्। बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन्।

अर्थमन्त्री वाग्लेले समितिलाई आजैदेखि पीडितहरूसँग वार्ता सुरु गर्न निर्देशन दिएका छन। गठित समितिमा अन्तर–मन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरू रहेका छन्। समितिका सदस्यहरूमाः संयोजक महेश आचार्य (सहसचिव, अर्थ मन्त्रालय), सदस्यमा विनोदकुमार भट्टराई (सहसचिव, कानुन मन्त्रालय), सदस्यः सुरेश पन्थी (सहसचिव, गृह मन्त्रालय), सदस्यमा रामु पौडेल (कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक), सचिव बोलराज आचार्य (उपसचिव, अर्थ मन्त्रालय) रहेका छन् ।

समितिको पहिलो बैठक अहिले केही बेरमा अर्थ मन्त्रालयमा बस्दै छ। सो बैठकले आन्दोलनरत लघुवित्त पीडितहरूसँग आजै वार्ताको प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ। आफ्ना विभिन्न मागहरू राखी लामो समयदेखि आन्दोलनरत लघुवित्त पीडितहरूको समस्यालाई सम्बोधन गर्न सरकारले यो पहल कदमी लिएको हो। अर्थमन्त्रीको यो सक्रियतासँगै पीडितका मागहरू वार्तामार्फत टुङ्गिने अपेक्षा गरिएको छ।

comments powered by Disqus

नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।