Ipo.aspx merolagani - साउन महिनामा ४० लाखभन्दा बढी ग्यास सिलिण्डर बिक्री, अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

साउन महिनामा ४० लाखभन्दा बढी ग्यास सिलिण्डर बिक्री, अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

Aug 19, 2026 05:59 PM Merolagani

नेपाल आयल निगम लिमिटेडले बजारमा एलपि ग्यासको आपूर्ति सहज रहेको स्पष्ट पार्दै आवश्यकताभन्दा बढी ग्यास खरिद गरी अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ। 

निगमले हालै प्रेस विज्ञप्ति जारी गर्दै साउन महिनामा अघिल्लो महिनाको तुलनामा करिब ९ लाख सिलिण्डर बढी ग्यास बिक्री वितरण भएको जनाएको छ।

 

निगमको पछिल्लो पाँच महिनाको तथ्याङ्क अनुसार गत २०८२ साल चैत्र महिनामा ३८,७९९.४५ मे.टन अर्थात् २७,३२,३५५ सिलिण्डर ग्यास आयात तथा बिक्री भएको थियो। त्यसैगरी, २०८३ साल वैशाख महिनामा ३२,०५६.४४ मे.टन (२२,५७,४९६ सिलिण्डर), जेष्ठ महिनामा ३२,८४२.२९ मे.टन (२३,१२,८३७ सिलिण्डर) र आषाढ महिनामा ४४,५४४.५० मे.टन (३१,३६,९३७ सिलिण्डर) ग्यास बिक्री भएको थियो। साउन महिनामा भने यो परिमाण बढेर ५७,३१६.३८ मे.टन अर्थात् ४०,३६,३६४ सिलिण्डर पुगेको छ।

पछिल्लो पाँच महिनाको एलपि ग्यास आयात तथा बिक्री वितरणको तुलनात्मक अध्ययन गर्दा साउन महिनामा असारको तुलनामा करिब नौ लाख सिलिण्डर बढी ग्यास बिक्री वितरण भएको देखिएको छ। चालु भाद्र महिनामा समेत एलपि ग्यासको आयात तथा बिक्री वितरण पूर्ण रूपमा नियमित भइरहेको र आगामी दिनहरूमा पनि यो निरन्तर सुचारू रहने निगमले प्रष्ट पारेको छ। तसर्थ, बजारमा कुनै पनि किसिमको अभाव नरहेकाले उपभोक्ताहरूले आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न निगमले पुनः अनुरोध गरेको छ।

comments powered by Disqus

हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।