Ipo.aspx merolagani - नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त

Jan 08, 2019 Merolagani

सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र प्रसाद पौडेललाई नियुक्त गरेको छ । उदयपुर सिमेन्ट उद्योगका महाप्रवन्धक समेत रहेका पौडेललाई सोमबार बसेको मन्त्रीपरिषद् बैठकले निगम सम्हाल्ने जिम्मा दिएको हो ।

उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्रालयअन्तर्गत कार्यकारी निर्देशक छनौंट तथा सिफारिश समितिले गत शुक्रबार इच्छुक पाँच जनामध्येबाट तीन जनाको नाम उद्योगमन्त्री मातृका यादबलाई सिफारिस गरेको थियो। 

सिफारीसमा परेका सुरेन्द्र प्रसाद पौडेल, तारानाथ पौडेल र अनिलकुमार झा मध्ये सुरेन्द्र प्रसाद पौडेललाई सरकारले कार्यकारी निर्देशक तोकेको हो । उनी चार्टर्ड एकाउन्टेन्ट हुन्।

comments powered by Disqus

हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।