Ipo.aspx merolagani - गत साता करिब साढे २ प्रतिशत घटेको नेप्से, यस साता के होला?

गत साता करिब साढे २ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Aug 31, 2026 05:54 AM Merolagani

गत साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता २६१८.७२ विन्दुमा बन्द भएको नेप्से, गत साता २.३५ प्रतिशत अर्थात ६१.४१ अंक घटेर २५५७.३१ विन्दुमा बन्द भएको हो।

गत साता चार कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये चारै कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।

बलियो खरिदचाप

गत साताको नेप्से परिसूचक २५५० देखि २६०० को टेवा क्षेत्रभन्दा तल झरेपनि अन्त्यमा उक्लिएर सोही टेवा क्षेत्र भित्र बन्द भएको छ। यसले सो क्षेत्रमा बलियो खरिद चाप रहेको संकेत गर्दछ।

बियरिश अलाइन्मेन्ट

गत साता नेप्से परिसूचक १० दिने, २५ दिने, ५० दिने र १०० दिने मुभिङ्ग एभरेजहरुभन्दा तल रहेको छ। यसले अल्पकालीन रुपमा बजारमा बियरिश दबाब (बियरिश अलाइन्टमेन्ट) रहेको संकेत गर्दछ। बजारमा अल्पकालीन बुलिश ट्रेण्ड फर्कन कम्तीमा १० दिने मुभिङ्ग एभरेजभन्दा माथि स्पष्ट क्लोजिङ्ग आवश्यक छ।

नियन्त्रित भोल्यूम

गत साताको अधिकांश दिन नेप्सेको दैनिक भोल्यूम, २० दिने औषत भोल्यूमभन्दा कम रहेको छ। साताको अन्तिम कारोबार दिन पनि २० दिने औषत भोल्यूमभन्दा दैनिक भोल्यूम कम रहेको थियो। घटेको बजारमा तल्लो विन्दुबाट बाउन्स हुँदा भोल्यूम नियन्त्रित हुनुले बिक्रेताहरुले तल्लो मूल्यमा शेयर बिक्री गर्न अस्विकार गरेको संकेत गर्दछ।

बियरिश प्रवृत्ति

गत साता एमएसिडी रेखा, सिग्नल रेखा र हिस्टोग्राम सबै नकारात्मक क्षेत्रमा रहेको छ। नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा पनि तल रहेको छ। यसले बजार अहिले बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

टेक्निकल बाउन्सको सम्भावना

गत साता नेप्सेका स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनमा झरेको छ। यसले बजारमा छिट्टै प्राविधिक सुधार (टेक्निकल बाउन्स) आउन सक्ने सम्भावना रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाका ४६ कर्मचारी बेपत्ता, को–को हुन (नामावलीसहित)

Aug 27, 2026 11:44 AM

रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली ३ए जलविद्युत आयोजनाको पावर हाउस र बाँध क्षेत्रमा कार्यरत ४६ जना कर्मचारी बेपत्ता भएका छन्।