Ipo.aspx merolagani - ट्राफिक प्रहरीको समयमै सचेतताले जोगियो तीन जनाको ज्यानः दुर्घटनाको केही सेकेण्डअघि सुरक्षित स्थानमा सरे परिवार

ट्राफिक प्रहरीको समयमै सचेतताले जोगियो तीन जनाको ज्यानः दुर्घटनाको केही सेकेण्डअघि सुरक्षित स्थानमा सरे परिवार

Sep 23, 2026 11:11 AM Merolagani

चीनको पूर्वी प्रान्त आन्हुइको हेफेइस्थित राजमार्गमा गाडी बिग्रिएर अलपत्र परेको एक परिवार ट्राफिक प्रहरीको समयमै पाएको निर्देशनका कारण मृत्युको मुखबाट जोगिएको छ । ट्राफिक प्रहरीले परिवारलाई गाडीबाट निस्केर सुरक्षा घेरा (गार्डरेल) बाहिर जान ताकेता गरेको १० सेकेण्डमै उनीहरूको गाडीलाई एउटा ट्रकले ठक्कर दिएको थियो ।

शुक्रवारको घटनामा ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी मात्र निर्वाह गरेनन्, बरु एक परिवारको जीवन रक्षाका लागि निर्णायक भूमिका खेलेका छन् । राजमार्गको दोस्रो लेनमा गाडी बिग्रिएर रोकिएपछि उक्त परिवार जोखिमपूर्ण अवस्थामा थियो । ट्राफिक प्रहरीको निगरानीका क्रममा उक्त गाडी देखेपछि उनले तुरुन्तै चालकलाई फोन गरी सुरक्षित स्थानमा जान निर्देशन दिएका थिए । चालकले गाडीभित्र रहेको बच्चाको ज्याकेट लिन फर्किने जिद्दी गर्दा प्रहरीले निकै कडा शब्दमा चेतावनी दिएका थिए । उनले चालकलाई भनेका थिए, ‘ज्याकेटका लागि ज्यान जोखिममा नपार्नुहोस्, अहिलेको अवस्थामा के ज्याकेटको मूल्य तपाईंको ज्यानभन्दा ठूलो छ ?’

प्रहरीको यो कडा निर्देशन मान्दै परिवार सुरक्षा घेरा (गार्डरेल) बाहिर गएको केही क्षणमै पछाडिबाट आएको तिब्र गतिको ट्रकले उनीहरूको गाडीलाई ठक्कर दियो । यदि प्रहरीले समयमै सचेत नगराएको भए सो परिवार भयानक दुर्घटनामा पर्ने निश्चित थियो । प्रहरीको यो सक्रियता र सचेतनाको अहिले चौतर्फी प्रशंसा भइरहेको छ ।

comments powered by Disqus