Ipo.aspx merolagani - ग्लोबल आइएमई बैंकको ७० औँ शाखारहित बैंकिङ्ग सेवा रुकुममा

ग्लोबल आइएमई बैंकको ७० औँ शाखारहित बैंकिङ्ग सेवा रुकुममा

Feb 14, 2018 Merolagani

ग्लोबल आइएमई बैंक (GBIME) ले बुधबारदेखि रुकुम जिल्लाको सानीभेरी गाउँपालिका ९, सिम्लीमा आफ्नो ७० औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । उक्त शाखाको उद्घाटन गाउँपालिका प्रमुख नर बहादुर पुनले गरेका हुन् ।

उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय जीवन खड्कालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको क्षेत्रका बासीन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि बैंकले शाखा खाेलेकाे हाे । बैंकले यस्ता स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गर्ने गरेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ११५ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर ७० शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक भाईवर बैंकिङ्ग सहित अत्याधुनिक बैंकिंङ्ग सेवाको साथै विभिन्न देशहरुबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

comments powered by Disqus

शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।