Ipo.aspx merolagani - एनआईसी एशियाको भोक्राहामा आठाैं शाखारहित बैंकिङ्ग सेवा

एनआईसी एशियाको भोक्राहामा आठाैं शाखारहित बैंकिङ्ग सेवा

May 22, 2018 Merolagani

एनआईसी एशिया बैंकले सिरहा जिल्ला कल्याणपुर नगरपालिकाको भोक्राहामा आठाैं शाखारहित बैंकिङ्ग सेवा जेठ ६ गतेबाट सञ्चालनमा ल्याएको छ । शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै बैंकले गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन प्रदेश नं. २ का प्रदेश सभा सदस्य माननीय सुरेश कुमार मण्डल र कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलले संयुक्त रुपमा गरेका थिए । उक्त शाखारहित बैंकिङ्ग सेवा सञ्चालनको लागि बैंकले प्रतिनिधिको रुपमा मतिबुल राईनलाई नियुक्त गरेको छ । 

शाखारहित बैंकिङ्ग सेवामा ग्राहकले स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महशुल भुक्तानी गर्ने, स्वीकृत सीमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

comments powered by Disqus

शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।